असार १९, २०८१ बुधबार July 3, 2024

सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउदैनौं – डा. महत

कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।

उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दिर्घकालिन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया