असार २०, २०८१ बिहिबार July 4, 2024

देउवाले बोलाए पदाधिकारी बैठक

एमालेसँगको सहमति पछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। एमालेसँगको सहमति पछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्।

गए राति देउवाले एमालेसँग सात बुँदे सहमति गर्दै वर्तमान गठबन्धन भत्काएका छन्। सहमति अनुसार सुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् भने त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया