असार २०, २०८१ बिहिबार July 4, 2024

आगामी तीन दिनसम्मै देशका अधिकांश भू-भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा आगामी तीन दिनसम्मै कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हुँदा सावधानी अपनाउन आग्रह पनि गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।

महाशाखाका अनुसार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ असार १९ गते (बुधवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार २० गते (बिहीवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया