असार २०, २०८१ बिहिबार July 4, 2024

राप्रपाले बोलायो पदाधिकारी बैठक

बैठक दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेपछि संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पनि मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । ‘पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्नका लागि दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ,’ प्रवक्ता श्रेष्ठले भने । राप्रपा पनि एमाले नेतृत्वको सरकारमा जाने हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘बैठकअघि अध्यक्षज्यु विभिन्न राजनीतिक भेटघाटमा हुनुहुन्छ । सबै कुरा बैठकमै छलफल हुन्छ ।’

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया