असार २०, २०८१ बिहिबार July 4, 2024

सुनको मूल्य तोलामै एक सय रुपैयाँले बढ्यो

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम  भएको छ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो।

यस्तै,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो। आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया