असार २०, २०८१ बिहिबार July 4, 2024

काँग्रेस सभापति देउवा भेट्न माधव नेपाल बुढानिलकण्ठमा

माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए।

नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने
२०८१ असार २०, बिहिबार
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङः सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
२०८१ असार २०, बिहिबार
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
२०८१ असार २०, बिहिबार
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
२०८१ असार २०, बिहिबार
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : महासचिव भुसाल
२०८१ असार २०, बिहिबार
मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
२०८१ असार २०, बिहिबार
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति
२०८१ असार २०, बिहिबार