असार २२, २०८१ शनिबार July 6, 2024

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोली राती पूर्ण रुपमा बन्द हुने

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन निर्वाद सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन राजमार्ग (नागढुंगा–नौबिसे सडकखण्ड) बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ।

नौबिसे खोलाको पुलमा काम  गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया