असार २३, २०८१ आइतबार July 7, 2024

प्रभु साहको निर्देशनपछी आईटी आर्मीको आन्दोलन स्थगित

मागहरु समयमैं सम्बोधन नभए थप सशक्त, प्रभावकारी एवं निर्णायक संघर्ष गर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आईटी आर्मीद्धारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन् । साहको निर्देशन पश्चात आईटी आर्मीले विगत १९ दिनदेखी काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना कार्यक्रम आजैदेखी स्थगित गरेको छ ।

वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका माग गर्दै आईटी आर्मीले विगत १९ दिनदेखि विभाग घेर्दै आएको थियो । यस बीचमा आईटी आर्मीले विभाग अगाडी नै श्रममन्त्री डोलप्रसाद (डिपि) अर्यालको पुतला दहन समेत गरेको थियो ।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै आजपा अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका हुन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले पार्टी अध्यक्षबाट तत्काल आन्दोलन स्थगन गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनकाअनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन गम्भीर संकटमा परेकोले पार्टीको सिँगो पँक्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन गरिएको हो ।

आजपा अध्यक्ष साहले देशमा दलीय सिण्डिकेट रहेकोमा अब देशकै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको निश्कर्ष निकालेका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिण्डिकेट लाद्न खोजिएकोमा आपत्ति समेत जनाएका छन् ।

‘पछिल्लो समय देशको बदलिदो राजनीतिक परिस्थिति, वर्षाजन्य मौसमको बढ्दो प्रतिकुलता तथा नेपाल जस्तो कृषि प्रधान देशमा ‘मानो रोपेर मुरी फलाउने’ असारे खेतीको महत्वपूर्ण समय समेतलाई मध्यनजर गर्दै तत्कालका लागि विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई स्थगन गर्ने निणर्य गरेका छौं । हाम्रो मागहरु समयमैं सम्बोधन नभए थप सशक्त, प्रभावकारी एवं निर्णायक संघर्ष गर्न हामी बाध्य हुने छौं’ आईटी आर्मीका अध्यक्ष साहद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिदै आएको थियो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक
२०८१ असार २४, सोमबार
इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने
२०८१ असार २३, आइतबार
आगामी चुनावमा कांग्रेस र एमालेले गठबन्धन गर्ने त कुनै सम्भावना छैन : एमाले महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८१ असार २३, आइतबार
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
२०८१ असार २३, आइतबार
मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस–एमालेको आग्रह
२०८१ असार २३, आइतबार
रारा विमानस्थल ५ दिनदेखि अबरुद्ध
२०८१ असार २३, आइतबार
माधव नेपालको दोकान बन्द भएको महेश बर्तौलाको दाबी
२०८१ असार २३, आइतबार