असार २३, २०८१ आइतबार July 7, 2024

ग्लोबल आइएमई बैङ्कले हरित आवास कर्जा प्रवाह गर्ने

आवासीय घर खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २१ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबिच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी अनुसार बैङ्कले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्ने छ ।

बैङ्कले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरणमैत्री आवासीय घर खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने जनाएको छ ।

यसका साथसाथै ग्लोबल आइएमई बैङ्क भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले निर्माण गर्ने परियोजनाको बैङ्किङ पार्टनरका रूपमा समेत रहने छ ।

उक्त समझदारीपत्रमा बैङ्कका तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक बेङ्कटेस मुन्दराले हस्ताक्षर गर्नुभएको छ ।

बैङ्कले १२ करोड रुपियाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुने जनाइएको छ ।

इको फ्रेन्ड्ली घर, भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिने बैङ्कले जनाएको छ । यसका साथै वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको फ्रेन्ड्ली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिने बैङ्कले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक
२०८१ असार २४, सोमबार
इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने
२०८१ असार २३, आइतबार
आगामी चुनावमा कांग्रेस र एमालेले गठबन्धन गर्ने त कुनै सम्भावना छैन : एमाले महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८१ असार २३, आइतबार
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
२०८१ असार २३, आइतबार
मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस–एमालेको आग्रह
२०८१ असार २३, आइतबार
रारा विमानस्थल ५ दिनदेखि अबरुद्ध
२०८१ असार २३, आइतबार
माधव नेपालको दोकान बन्द भएको महेश बर्तौलाको दाबी
२०८१ असार २३, आइतबार