असार २१, २०८२ शनिबार July 5, 2025

नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूसँग जनही १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

आर्थिक वर्ष २०७७/७८ मा नवराजपर गाउँपालिका–२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए।

बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो।

उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भरपाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए।

सो कार्यमा उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल, वडा नं. २ का  तत्कालीन वडाध्यक्ष खुसिलाल साहको मिलेमतो देखिएपछि उनीहरूविरूद्ध पनि मुद्दा दायर गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार