असार २९, २०८२ आइतबार July 13, 2025

दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, असार २१ गते । जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले किम उपनामले चिनिने आक्रमणकारीले समर्थक भएको नाटक गरी लीको घाँटीमा छुरा प्रहार गरेका थिए ।  छुरा प्रहारबाट लीलाई गम्भीर चोट लागेकाले उहाँको  आपतकालीन शल्यक्रिया गरिएको थियो र एक हप्ताको अस्पतालमा उपचारपछि उहाँ  निको हुनुभएको थियो ।

दक्षिणी बन्दरगाह शहर बुसानमा जनवरी २ मा आयोजित एक कार्यक्रममा राजनीतिज्ञलाई पत्रकारहरूले घेरिएको बेला घाँटीमा छुरा प्रहार गरेका थिए ।

South Korea opposition chief stabbed in neck, recovering after surgery |  Reuters

आक्रमणकारीलाई ‘आज १५ वर्षको जेल सजाय सुनाइएको  बुसान जिल्ला अदालतका प्रवक्ता ली जे–हीले बताउनुभयो ।

आक्रमण अप्रिल १० को संसदीय चुनावभन्दा करिब तीन महिना अगाडि भएकोले किममाथि हत्याको प्रयास र निर्वाचन कानुन उल्लङ्घनको आरोप लगाइएको थियो ।

लीलाई ‘राष्ट्रपति बन्न’ बाट रोक्न चाहेको कारण किमले सावधानीपूर्वक आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । अप्रिलको चुनावमा दक्षिण कोरियाको कन्जर्भेटिभ सत्तारुढ पार्टीलाई तत्कालीन लीको नेतृत्वमा रहेको डेमोक्र्याटिक पार्टी (डिपी) ले हार बेहोरेको थियो ।

लीले अगस्टमा हुने पार्टी सम्मेलनमा फेरि डिपीको नेतृत्वका लागि व्यापक रूपमा दौड गर्ने अपेक्षा गरिएको छ । विगतमा धेरै उच्च–प्रोफाइल दक्षिण कोरियाली राजनीतिज्ञहरू सार्वजनिक रूपमा आक्रमण भएका छन् ।

लीभन्दा पहिले डेमोक्र्याटिक पार्टीको नेतृत्व गरेका सङ यङ गिललाई सन् २०२२ मा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो । यसैगरी सन् २०१३ मा राष्ट्रपति बनेकी पार्क ग्युन हेलाई सन् २००६ मा एउटा र्‍यालीमा छुराले आक्रमण गरिएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार