जेठ २२, २०८३ शुक्रबार June 5, 2026

चिनियाँ राष्ट्रपति र हङ्गेरीका प्रधानमन्त्रीबिच युक्रेन सङ्कटबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, असार २४ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गर्नुभएको छ । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।

हङ्गेरीका प्रधानमन्त्री ओर्बानले चिनियाँ नेता सीलाई युक्रेन र रुसको हालैको भ्रमणको बारेमा जानकारी दिनुभएको र राष्ट्रपति सीले युक्रेन सङ्कटको राजनीतिक समाधानलाई बढवा दिन ओर्बानले गरेको प्रयासको प्रशंसा गर्नुभएको छ ।

चीनका राष्ट्रपति सीले प्रारम्भिक युद्धविराम र राजनीतिक समाधान सबै पक्षको हितमा रहेको कुरामा जोड दिँदै युद्ध विस्तार नगर्ने, लडाइँमा वृद्धि नगर्ने र कुनै पनि पक्षले युद्ध रोक्न नचाहेको अवस्थामा यस्ता सिद्धान्त पालना गरेर परिस्थितिलाई शान्त पार्नु प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय समुदायलाई परिस्थिति सिर्जना गर्न र दुई पक्षबिच प्रत्यक्ष संवाद र वार्ताको पुनः प्रारम्भका लागि समर्थन प्रदान गर्न आह्वान गर्दै सबै प्रमुख देशहरूले नकारात्मक ऊर्जाको सट्टा सकारात्मक ऊर्जा दिए मात्र सकेसम्म चाँडो युद्धविराम हुनसक्ने उल्लेख गर्नुभयो ।

चीनले आफ्नै तरिकाले शान्ति वार्तालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएको र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासलाई प्रोत्साहित र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गर्नुभयो ।

चीन र हङ्गेरीको आधारभूत प्रस्ताव र उनीहरूको प्रयासको दिशा एउटै भएको र चीन हङ्गेरी र सबै सम्बन्धित पक्षहरू सम्पर्कमा रहन इच्छुक रहेको उहाँले बताउनुभयो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार