असार १९, २०८२ बिहिबार July 3, 2025

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन्। उनले भनिन्, ‘यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ। बाँदरले बोट नै सखाप पारिदिन थालेको छ।  बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ। पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न।’

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ। पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो। आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ। बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ।’

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन्। जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ। योजनाले भने सार्थकता पाउन सकेको छैन। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
२०८२ असार १९, बिहिबार