असार २९, २०८२ आइतबार July 13, 2025

सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच गाजा युद्धविरामबारे छलफल

सम्झौताको पहिलो चरणमा दिगो इजराइली युद्धविराममा आफ्नो जिद्दी त्याग्न तयार रहेको सङ्केत हमासले दिएपछि हालका दिनमा वार्ता तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले मङ्गलबार कायरोमा सिआइएका निर्देशक विलियम बर्न्ससँग भेट गर्नुभएको छ । कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे छलफल गरेका छन् ।

सिसीको कार्यालयले भनेको छ, “दुवै जनाले गाजा पट्टीमा युद्धविराम र युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमहरूबारे छलफल गर्नुभयो ।” ट्याङ्क र युद्धक विमानहरूद्वारा समर्थित इजराइली सेनाले सोमबार गाजा सहरमा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

मध्यस्थकर्ताहरू इजिप्ट र कतार गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतासम्म पुग्ने उद्देश्यले महिनौँदेखि वार्तामा संलग्न छन् । कुनै पनि युद्धविराम सम्झौताको पहिलो चरणमा दिगो इजराइली युद्धविराममा आफ्नो जिद्दी त्याग्न तयार रहेको सङ्केत हमासले दिएपछि हालका दिनमा वार्ता तीव्र भएको छ ।

इजराइली आँकडाअनुसार दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा एक हजार एक सय ९५ मानिसको मृत्यु भएको र तिनमा अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणपछि सुरु भएको युद्ध १०औँ महिनामा प्रवेश गरेको छ ।

हमासका लडाकूहरूले उक्त आक्रमणका क्रममा दुई सय ५१ जनालाई बन्धक बनाएका छन् । तीमध्ये एक सय १६ जना गाजामा रहेका छन् । सेनाका अनुसार गाजामा बन्धक बनाइएकामध्ये ४२ जना मारिएका छन् ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासविरुद्ध इजराइलको जवाफी आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ३८ हजार दुई सय ४३ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार