मंग्सिर ९, २०८२ मंगलबार November 25, 2025

नाउपाले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको हो। नाउपाकी रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर गङ्गाराम चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्। यसअघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आजको बैठकमा गंगा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए। संघीय संसदमा नाउपाका चार सांसद छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित
२०८२ मंग्सिर ९, मंगलबार
दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप
२०८२ मंग्सिर ९, मंगलबार
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
२०८२ मंग्सिर ९, मंगलबार
बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग
२०८२ मंग्सिर ९, मंगलबार
हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर
२०८२ मंग्सिर ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८२ मंग्सिर ९, मंगलबार
मासु प्रशोधन कारखाना : मङ्सिरदेखि निर्माण सुरु
२०८२ मंग्सिर ९, मंगलबार