असार २९, २०८२ आइतबार July 13, 2025

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ

नाटोलाई दिने सहयोगको सम्बन्धमा फ्रान्स आफ्नो अडानबाट पछि नहट्ने र समर्थन जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, असार २८ गते । फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका विषयवस्तुमा प्रभावकारीरूपमा प्रस्तुति दिनुभएको र फ्रान्सले युक्रेनलाई दिँदै आएको समर्थनमा आगामी दिनमा पनि कत्ति पनि कमी नआउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार बताउनुभएको छ ।

म्याक्रोँले भन्नुभयो, “वासिङ्टनमा जारी नाटोको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन ‘जिम्मेवारपूर्ण र सावधानीपूर्वक’ प्रस्तुत हुनुभएको थियो ।” नाटोलाई दिने सहयोगको सम्बन्धमा फ्रान्स आफ्नो अडानबाट पछि नहटेको र समर्थन जारी रहने उहाँले बताउनुभयो ।

म्याक्रोँले पत्रकारसँग भन्नुभयो, “हिजो रात्रिभोजमा राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने मौका मिल्यो । मैले मुद्दाहरूका विषयमा सधैँजसो स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत भएको अमेरिकी राष्ट्रपतिको रूपमा मैले उहाँलाई पाएँ ।”

फ्रान्सेली राष्ट्रपतिलाई बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी समकक्षी भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको बारे पनि प्रश्न गरिएको थियो । म्याक्रोँले भन्नुभयो, “हामी सबै कहिलेकाहीँ चिप्लिन्छौँ । यस्तो अनुधव मसँग पनि छ भोलिका दिनमा फेरि हुन सक्छ ।”

दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि राष्ट्रपति बाइडेनबाट भएको यो गल्तीले उहाँको उमेर र मानसिक तीक्ष्णताको बारेमा डेमोक्र्याटिक पक्षधर नेताहरूबीच थप चिन्ता बढाएको छ ।  सो अवसरमा फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताउनुभएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार