असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

बन्दुकधारीको सुरक्षा कारवाहीमा मृत्यु भइसकेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेलामा सहभागी भएका बेला गोली प्रहार गरिएको छ । गोली ट्रम्पको कानमा लागेको छ ।

ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई गोप्य सेवाका सदस्यले गरेको कारवाहीका क्रममा मृत्यु भइसकेको छ । ट्रम्ममाथि बटलर पेन्सलभेनियामा भएको कार्यक्रममा हत्याको प्रयास भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

बन्दुकधारीलाई गोली हान्ने क्रममा अर्का एक मानिसको पनि मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार घटनामा अर्का एक मानिस समेत गम्भीर घाइते भएका छन् ।

कार्यक्रमका एक प्रत्यक्षदर्शीले गोली चल्नु अघि राइफल बोकेका एक मानिस नजिकैको छतमा देखेको बताएका छन् ।

सार्वजनिक भएको भिडियोमा गोली लागेपछि ट्रम्प भुइमा खसेको र अनुहार रगतले लतपतिएको देखिन्छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार