असार २९, २०८२ आइतबार July 13, 2025

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

श्रीनगर, साउन १ गते । भारत प्रशासित जम्मु–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मङ्गलबार बताउनुभएको छ । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।

मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबिच विभाजित भएको छ  र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दाबी गर्दछ ।  विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । यस घटनाले यस वर्ष विवादित हिमालय क्षेत्रको भारतीय पक्षमा मारिएका सैनिक र प्रहरीको सङ्ख्या १७ पुगेको छ ।

भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मु क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन सुरु गरेको बताएको छ ।

“प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चार जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ”, एक प्रहरी अधिकारीले बताएका छन् ।  रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार