असार २९, २०८२ आइतबार July 13, 2025

अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु,२३० घाइते

घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरूको ज्यान गएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल(अफगानिस्तान)। अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५  जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले  घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरूको ज्यान गएको पुष्टि गरेको छ ।

विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई  उद्धार गरी नङ्गरहार केन्द्रीय  तथा  प्रान्तीय अस्पतालमा लगिएको छ ।

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको सङ्केत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍याएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्याङ्क अझ बढ्न सक्ने बताएको  खामा प्रेसले जनाएको छ ।

प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।

तीव्र वर्षा र असिनाबाट भएको विनाशले प्रभावित मानिसको पीडा कम गर्न तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्न ठोस राहत उपायहरूको आवश्यकतालाई औँल्याएको छ ।

खामा प्रेसका अनुसार प्रभावित परिवार तथा समुदायको समर्थनमा जोड दिँदै अधिकारीहरूले उद्धार र पुन ः प्राप्ति प्रयास जारी राखेका छन् भने  आवश्यक सहयोग प्राप्त गर्न सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार