असार २९, २०८२ आइतबार July 13, 2025

बाइडेनको सम्बोधन- देशको सेवा गर्न पाउनु जीवनकै सम्मान

'म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु'

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका हुन् ।  उनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’

उनले अमेरिका अहिले नाजुक मोडमा रहेको बताउदै हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । उनले भने, ‘हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ ।’

आफ्नो कार्यकाल राम्रो भएको भन्दै बाइडेनले भने, ‘मलाई लाग्छ, राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहको लागि यो अहिले सहि समय र स्थान हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार