असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने

गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, साउन ९ गते । अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिनुहुनेभएको छ । आफ्नो सङ्घीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उहाँले राजीनामा दिन लाग्नुभएको हो ।

मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने उल्लेख गर्नुभएको छ । जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको छ ।

न्यु जर्सीका सिनेटर र शक्तिशाली सिनेट विदेश सम्बन्ध समितिका पूर्व प्रमुख मेनेन्डेजले गत साता न्यूयोर्कको म्यानहट्टनमा सङ्घीय जूरीले दिएको दोषी फैसलाविरुद्ध अपिल गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

न्यूयोर्कका सङ्घीय अभियोजकहरूले यसअघि डेमोक्र्याटिक सिनेटरले विदेशी सरकारहरूलाई सहयोग गर्ने बदलामा घुस लिएको आरोप लगाएका थिए । मेनेन्डेजलाई घुसखोरी, धोका, विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै दोषी ठहर गरेको हो ।

अभियोजकहरूले घुसको बदलामा मेनेन्डेजले इजिप्टको लागि अमेरिकी सहायतामा लाखौं डलर सुरक्षित गर्न सहयोग गरेको आरोप लगाइएको छ । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार