काठमाडौंः प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि खाली रहेको सो पदमा थापा निर्बिरोध निर्वाचित भएकी हुन् । उनको प्रस्तावकमा वीरबहादुर वलायर र समर्थकमा सूर्यप्रसाद ढकाल रहेका थिए ।
उनले सोमबार आफ्नो नाम दर्ता गरेकी थिइन् र सभापतिका लागि उनको मात्र नाम दर्ता भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया