असार २१, २०८२ शनिबार July 5, 2025

तीन पार्टीबीच एकीकरण

राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबीच एकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबीच एकता भएको छ ।

आज झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले विचार र मुद्दा मिल्ने तीन पार्टीबीच एकीकरण गरिएको जानकारी दिनुभयो । तीन पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी (नेजपा)’ गठन गरिएको उहाँले बताउनुभयो । “पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौँ”, उहाँले भन्नुभयो, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न दबाबमूलक कार्यक्रम गर्छौं ।”

छ बुँदे सहमतिका साथ बनेको नेपाल जनमुक्ति पार्टीको निर्वाचन आयोगमा ९९ नम्बरमा दर्ता भएको नेजपाका नेता सञ्जुहाङ पालुङ्वाले जानकारी दिनुभयो । उहाँले ठूला दलले बेवास्ता गर्दा पहिचानको मुद्दा ओझेलमा परेकाले तीन पार्टी एकीकृत भएर सो मुद्दा पुनः उठाउने धारणा राख्नुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भक्त खेवाङले पहिचानको मुद्दालाई जातिवादी हिसाबले अपव्याख्या गरिएको गुनासो गर्नुभयो । “पहिचानबारे धेरैलाई थाहा छैन । यो सबै जातजाति, भूगोल, भाषाभाषी र इतिहासको कुरा हो । सोहीअनुसार बुझाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

तीन पार्टीबीच २०८० मङ्सिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएकामा गत वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले सहमति अनुमोदन गत जेठ २९ गते निर्वाचन आयोगमा अध्यावधिक गरिएको थियो ।

एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र बाँकी अन्यको हकमा तत्कालीन पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ । यस्तै, पार्टी नेता सञ्जुहाङ पोलुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एलवि पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार