असोज २, २०८२ बिहिबार September 18, 2025

प्रधानमन्त्री ओली भन्छन्- पार्टी बैठक बालुवाटारमा राख्दिन

स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताएका हुन्। उनले आफूलाई सुझाव दिइरहन आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’

आज बस्ने एमालेको केन्द्रीय सचिवालय बैठक हनुमानस्थानस्थित होटल बसेरामा राखिएको छ । आजको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता
२०८२ असोज २, बिहिबार
राष्ट्रपति पौडेलसमक्ष दुई आयोगको प्रतिवेदन पेश
२०८२ असोज २, बिहिबार
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
२०८२ असोज २, बिहिबार
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता
२०८२ असोज २, बिहिबार
इजरायल-कतार युद्धपछि साउदी-पाकिस्तानबिच आपसी रक्षा सम्झौता, आणविक छायामा नयाँ समीकरण
२०८२ असोज २, बिहिबार
भ्रष्टाचारविरुद्धको आन्दोलनबारे १५ नागरिक समाज प्रतिनिधिबाट राष्ट्रपतिलाई संयुक्त ज्ञापनपत्र
२०८२ असोज २, बिहिबार
सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
२०८२ असोज २, बिहिबार