भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको मृत्यु भएको छ ।

सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले बुधबार जानकारी दिएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । बेपत्ता मध्ये २ जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ । त्यस बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ ।

जुन महिनाको २६ तारिखबाट यस काउन्टीमा मुसलधारे वर्षा भएको छ । हाल करिब ५ हजार ६ सय ६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिबिरमा बस्दै आएका छन् ।

वर्षाको कारण यहाँ प्रत्यक्ष रुपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ । सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार