भाद्र २३, २०८१ आइतबार September 8, 2024

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा काम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी–अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको छ ।

पेट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको रु एक अर्ब ५४ करोड तथा भारत सरकारको रु ६० करोड लगानी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता
२०८१ भाद्र २३, आइतबार
चक्रपथको पहिलो खण्ड सकिएको ६ वर्षपछि दोस्रो खण्डको सुरसार
२०८१ भाद्र २३, आइतबार
युनाइटेड गाेल्डकप : चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर बिजयी
२०८१ भाद्र २३, आइतबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ भाद्र २३, आइतबार
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०८१ भाद्र २३, आइतबार
एक करोड खर्चेर फोहर व्यवस्थापन
२०८१ भाद्र २३, आइतबार
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह हुने
२०८१ भाद्र २३, आइतबार