असार २८, २०८२ शनिबार July 12, 2025

वायनाड पहिरोमा फसेकामध्ये २१५ जना मृत फेला, २०६ व्यक्ति अझै बेपत्ता

वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको बताउनुभएको छ । उहाँले उद्धार कार्य अन्तिम चरणमा रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ भने २०६ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।”

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेट अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १४३ शरिरका अङ्गहरु फेला परेका र हालसम्म २१२ शवको पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ ।

मुख्यमन्त्रीले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको र जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

पहिरोले पुरै भत्किएको छुरलमालाको वस्तीलाई सारी अर्को वस्ती निर्माण गर्नुपर्ने देखिएको मुख्यमन्त्री विजयनले बताउनुभयो । यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १०० घर निर्माण गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङ मार्फत गर्न सकिने बताउँदै र राहत कोषमा योगदान पुर्‍याउने कलाकार, प्रतिपक्षी दलका नेता, उद्योगी व्यवसायीलगायतलाई पनि धन्यवाद दिनुभएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया