बैसाख ६, २०८२ शनिबार April 19, 2025

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट मिटिङको भव्य तयारी हुँदैं

क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा क्लस्टर तीन अन्तगर्तका क्लबलाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याविनेट मिटिङ श्रावण २६ गते शनिबार काठमाण्डौंमा हुने भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्ट मध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको प्रथम क्याविनेट मिटिङ राजधानी काठमाण्डौंको चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा हुने भएको हो ।

क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव एक हजार बढी लायन्स सदस्यहरुको सो मिटिङमा सहभागिता रहने अनुमान गरिएको छ । डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराउने क्रम जारी रहेको रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको प्रथम क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन निरा बज्राचार्यले बताउनुभयो । क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १ हजार बढीको हाराहारीमा लायन्स प्रतिनिधीहरुकाे सहभागीता रहने अपेक्षा गरिएको गर्भनर बज्राचार्यले बताउनुभयो ।

क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा क्लस्टर तीन अन्तगर्तका क्लबहरुलाई जिम्मेवारी दिईएको छ ।

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि डिस्ट्रिक्ट ट्रेजरर हसन कुमार गोपालीले  संयोजकको जिम्मेबारी पाएका छन् । क्याबिनेट बैठकलाई भब्य र सब्य बनाउनको लागी विभिन्न बिधामा समिती गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको क्लस्टर चीफ गणेश जिसीले बताए ।

क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका बाग्लुङ, पर्वत, गण्डकीमा सम्पर्क अधिकारी समेत तोकिएको छ ।

प्रथम क्याविनेट बैंठकमा लायन्सले यस बर्षको कार्यकाल सुरू गरेदेखी हालसम्म सम्पादन गरेका कार्य मुल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड समेत गरिने आयोजकको तयारी छ ।

प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये काठमाण्डौंमा आयोजना गर्न लागिएको यो पहिलो बैठकको रुपमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार