पुष ५, २०८२ शनिबार December 20, 2025

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कार्य व्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्य व्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नेछन्।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेश गर्नेछन्।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा
२०८२ पुष ५, शनिबार
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा
२०८२ पुष ५, शनिबार
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै
२०८२ पुष ५, शनिबार
राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति
२०८२ पुष ५, शनिबार
बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
२०८२ पुष ५, शनिबार
जेन जेड सहिदकी आमाको सन्देश : ‘कान्छो छोरोको निधनपछि मन आत्तिएको छ, सरकारले जनताको भलो गरोस्’
२०८२ पुष ५, शनिबार
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
२०८२ पुष ५, शनिबार