श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोलकतामा महिला चिकित्सकको बलात्कारपछि हत्या

दशौँ हजार महिला विरोधमा सडकमा उत्रिएर विरोध प्रदर्शन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ- गत हप्ता कोलकाताको एक सरकारी अस्पतालमा भएको प्रशिक्षार्थी चिकित्सकको हत्याको विरोधमा पश्चिम बंगाल राज्यका दशौं हजार महिलाले सडकमा राति पनि जुलुस निकालेका छन्।

ती प्रशिक्षार्थी चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको भन्दै महिलाहरुले कारवाहीको माग राखेर विरोध गरेका हुन ।

गत शुक्रबार आरजी कार मेडिकल कलेजकी ३१ वर्षीया युवतीको निर्मम हत्यापछि विरोध प्रदर्शन सुरु भएको हो ।

समाजिक सञ्जालमा मृतकको तस्विरसहित विरोधमा आउन आव्हान गरिएपछि कोलकत्ताका विभिन्न भागबाट कयौँ माइल यात्रा गरेर महिलाहरु विरोधमा सहभागी भएका हुन ।

तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको विरोध जुलुशमा केही बाहिरी मानिसहरुले अबरोध गरेपछि स्थिति भड्किएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको जनाएको छ।

३६ घन्टाको लामो ड्युटीपछि तोकिएको विश्राम क्षेत्र नहुँदा उनी सेमिनार कोठामा सुतेकी थिइन् ।

भोलिपल्ट बिहान उनी अर्धनग्न अवस्थामा र शरीरमा घाउ चोट लागेको अवस्थामा उनका सहकर्मीहरुले देखेका थिए । घटनामा संलग्न भएको आरोपमा अस्पतालमा स्वयंसेवी रुपमा कार्यरत एक जनालाई पक्राउ गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार