भाद्र १८, २०८३ बिहिबार September 3, 2026

अनलाईन कराँतेमा नेपाललाई १० पदक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अनलाइन कराँते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराँते काता च्याम्पियनसिपमा ४ स्वर्ण तथा ३/३ रजत र कास्य पदक जितेको हो ।

नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धामा श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरी स्वर्ण जितेकी हुन् । यस्तै १० वर्ष मुनिको स्पर्धामा दीक्षाले इरानकी साबा रोहीलाई हराउँदै स्वर्ण जितिन् ।

७ वर्ष मुनिको स्पर्धामा प्रशन्नले भारतका सात्विक खेतानलाई पराजित गरी स्वर्ण जिते भने ८ वर्ष मुनिको स्पर्धामा सत्कारले श्रीलङ्काका थरुशा लकमललाई हराएर स्वर्ण पदक हात पारेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए ।

यसैगरी सो च्याम्पियनसिपमा नेपालका मनिष कार्की, स्वेता तामाङ र सृजना महतराले रजत पदक प्राप्त गरे । मनिषले पुरुष क्याडेटतर्फ, स्वेताले महिला ९ वर्ष मुनिको स्पर्धामा तथा सृजनाले १३ वर्ष मुनिको समूहमा रजत प्राप्त गरेका हुन् ।

यस्तै १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले, १० वर्ष मुनिको स्पर्धामा ओन्तो घर्ती मगरले तथा ९ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्काले नेपाललाई कास्य पदक दिलाए । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू) को संयुक्त आयोजनामा उक्त च्याम्पियनसिप बिहीबार शुरु भएको हो । सो प्रतियोगिता आइतबारसम्म चल्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त
२०८३ भाद्र १८, बिहिबार
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १८, बिहिबार
हामीले गरेको नगन्वय गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री
२०८३ भाद्र १८, बिहिबार
भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
२०८३ भाद्र १८, बिहिबार
विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक छ : उपसमाभति शर्मा
२०८३ भाद्र १८, बिहिबार
बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
२०८३ भाद्र १८, बिहिबार
एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित
२०८३ भाद्र १८, बिहिबार