असार २२, २०८२ आइतबार July 6, 2025

सुदूरपश्चिम प्रदेश : विपद् व्यवस्थापन सम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, भदौ २ गते। सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले पारित गरेको हो।

विधेयकलाई सदनबाट पारित गरियोस भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले पेश गर्नु भएको थियो। त्यसअघि, सो विधेयकमाथि सदनमा सामान्य छलफल गरिएको थियो। छलफलमा गीता चौधरी, अक्कलबहादुर रावल, नरेश शाही लगायतका प्रदेश सभा सदस्यले भाग लिनु भएको थियो।

यस्तै, सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भइ तयार भएको प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ। समितिका सभापति दिवानसिंह विष्टले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार