असार २२, २०८२ आइतबार July 6, 2025

निर्वाचन सुनिश्चितताको सूचना माग गर्दै पत्रकारहरुले बुझाए ध्यानाकर्षण (पत्रसहित)

क्रियाशिल पत्रकारहरुले मागे पत्रकार महासंघसँग सूचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ०२ भाद्र । विभिन्न संचारमाध्यमसँग आवद्ध क्रियाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघसँग विभिन्न विवरण, तथ्याङ्क र सूचना माग गरेका छन् ।

उनीहरुले पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई ती सूचना दिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । पत्रकार महासंघमा क्रियाशिल पत्रकारहरुले बुझाएको माग पत्रको दर्ता नम्वर १५ रहेको छ ।

उनीहरुले महासंघका सूचना अधिकारीलाई संवोधन गर्दै माग गरिएको सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार भएको जनाएका छन् ।

सूचना माग गरेका क्रियाशिल पत्रकारहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धारणा बुझाएका छन् ।

May be an image of 5 people and textमहासंघमा बुझाइएको सो सूचना मागको पत्रको बोदार्थ संचार तथा सूचना प्रविधि मन्त्रालयमा ८३६ नम्वरमा दर्ता भएको छ भने गृह मन्त्रालयमा दर्ता नं १४७६ रहेको छ ।पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशन सम्बन्धी भएका निर्णयहरूको माइन्युट उतारको प्रतिलिपि पनि माग गरेको छ ।

सूचना माग गरिएको सो पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता नम्वर २० मा दर्ता गरिएको छ । राष्ट्रिय सूचना आयोगको इमेलमा वोद्यार्थ पठाइएको छ भने सूचनाका लागि राष्ट्रिय महासंघलाई पनि इमेलमार्फत सूचना माग गरिएको विषय वोद्यार्थ पठाइएको हो ।

क्रियाशिल पत्रकारहरुले महासंघ संग महासंघको गत २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको बैठकमा भएका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि, महासंघको सुर्खेत साधारणसभाले गठन गरेको सदस्यता शुद्धिकरण समितिले सदस्यता नवीकरण तथा वितरण सम्बन्धमा गरेका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट)को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन गरेको सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि माग गरेका हुन् ।

यस्तै, महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन देखि हालसम्म गरेका सबै निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने सम्बन्धमा बनाएका मापदण्ड सहित त्यस सम्बन्धमा गरिएको सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि माग गरेको छ ।
ती सूचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोघ गर्दै ती सूचना उपलब्ध गराउँदा लाग्ने कानून बमोजिमको शुल्क बुझाउन तयार रहेको जनाइएको छ ।

यसरी सूचना माग गर्ने सक्रिय पत्रकारहरुमा योगेन्द ्रप्रताप शाही, दामोेदर प्रसाद दवाडी, प्रवीण कुमार चौधरी, विदुर ढुंगेल, देवीप्रसाद सापकोटा र योगेश खपाङ्गी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार