असार ३२, २०८२ बुधबार July 16, 2025

नेपालगन्ज म्याराथनको १०औँ संस्करण मंसिर २२ गते

म्याराथनका लागि भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०३ भाद्र । नेपालगन्ज म्याराथनको १०औँ संस्करण मंसिर २२ गते आयोजना हुने भएको छ।

हरेक वर्ष मंसिर ५ मा हुँदै आएको म्याराथन यसपालि राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिकासँग जुधेका कारण मंसिर २२ गते आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्यान्ड्सले जनाएको छ।

सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको मिति २०६३ मंसिर ५ लाई स्मरण गरेर यो म्याराथन आयोजना हुँदै आएको छ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किलोमिटर), महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), ५ किलोमिटर दूरीको विद्यालयस्तरीय छात्र र छात्रा दौडलगायत समावेश गरिएको छ। म्याराथनका लागि भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला भइसकेको आयोजकले जनाएको छ।

म्याराथनका क्रममा दुईदिने नेपालगन्ज कन्क्लेभ र एक्स्पो आयोजना गरिने आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया