श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कांग्रेस र एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भईसक्यो : महासचिव पोखरेल

सांसदबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताएका छन्।

मंगलवार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए।

उनले यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताए। इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको पनि उनले स्मरण गरे। उनले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार
संकटालाई २–१ ले पराजित गर्दै मछिन्द्र तेस्रो स्थानमा
२०८२ श्रावण ९, शुक्रबार