काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आज बस्दैछ ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन लगायतका बिषयमा छलफल हुँदैछ ।
यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमबारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया