काठमाडौं । नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ । बैठक आज र भोलि चल्ने छ ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो। सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक शुरु भएको हो ।
यस्तो छ प्रदेश परामर्श बैठकको तालिका
• बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ५ र ६ गते ।
• उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।
• गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ९ र १० गते ।
• सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १२ र १३ गते ।
• कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते ।
• लुम्विनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते ।
• तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको वैठक भाद्र १८ र १९ गते ।
• मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते ।
• पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र २४ र २५ गते ।
• ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरू को बैठक भाद्र २७ र २८ गते ।
• प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।
• जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको वैठक असोज २ र ३ गते ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया