श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पोखरा उद्योग वाणिज्य संघका सदस्यलाई यती एयरलाइन्समा १० प्रतिशत छुट

मणिपाल अस्पतालमा उपचार गराउँदा १० देखि २५ प्रतिशतसम्म छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ११ भदौ । पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले यती एयरलाइन्सको यात्रामा १० प्रतिशत छुट पाउने भएका छन् । संघ र यती एयरलाइन्सबीच भएको सम्झौता अनुसार यात्राको क्रममा सो छुटको सहमति भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

‘हाम्रा सदस्यहरुलाई विभिन्न ठाउँमा सहुलियत र छुट दिलाउने क्रममा यतीसँग यो सम्झौता भएको हो,’अध्यक्ष प्रजापतिले भने,‘छुटको सुविधा लिन सदस्य महानुभावहरुले संघको सदस्यता कार्ड देखाउनुपर्छ । अनलाइनबाट टिकट काट्दा पनि त्यो सुविधा प्राप्त हुन्छ । हामीले यतीलाई हाम्रा सदस्यहरुको नामावली पठाइसकेका छौँ ।’

उनले सदस्यहरुलाई सहुलियत दिने उपक्रममा पृथ्वी राजमार्ग बस संचालक कम्पनीसँग सो कम्पनीको बसमा यात्रा गर्दा १५ प्रतिशत भाडा छुट,मणिपाल अस्पतालमा उपचार गराउँदा १० देखि २५ प्रतिशतसम्म छुट र १ लाख बराबरको दुर्घटना बीमासमेत गराइएको जानकारी दिए ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँगमार्फत् गरिएको सो बीमा सम्झौता अनुसार सदस्यहरुको दुर्घटना भएमा त्यसबापत् बढीमा एक लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार