काठमाडौं, १२ भदौ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित हुनुभएको छ। राईले रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो ।
राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाउनुभएको छ। राई माधव नेपालको टिमबाट हुनुहुन्थ्यो भने झाँक्री झलनाथ समूहबाट उम्मेदवार बन्नुभएको थियो ।
राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै हुनुहुन्थ्यो । मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया