काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया