श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माछापुच्छ्रे बैंकको कर्जा सुविधामा चाडपर्व अफर

घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।

सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।

त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ। यी अफर  भाद्र ३१ सम्म लागू हुनेछन्।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार