श्रावण ७, २०८२ बुधबार July 23, 2025

रास्वपाद्वारा टुँडिखेल घटनाबारे ध्यानाकर्षण

टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  भदौ १२ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यो घटनालाई सरकारले अराजकताका रुपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमितासँग जोडेर युवाहरुले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया