श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेप्से ३६ अंकले घट्यो, १२ अर्ब माथिको कारोबार

१३ वटा समूहमध्ये म्यूचअल फण्ड बाहेक सबै समूह राताम्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अङ्कले घटेको छ । साताको अन्तिम बिहीबार बजार १.३२ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । बिहीबार कारोबार १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच भएको छ ।

बजार घट्दा १३ वटा समूहमध्ये म्यूचअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । आज म्यूचअल फण्ड ०.१० प्रतिशतले बढेर २१.९७ विन्दुमा पुगेको छ ।

आज वाणिज्य बैंक १.८१ प्रतिशतले, विकास बैंक १.१२ प्रतिशतले र फाइनान्स ०.९४ प्रतिशतले घट्यो । त्यस्तै होटल एण्ड टुरिजम १.८१ प्रतिशतले हाइड्रो ०.१३ प्रतिशतले, लगानी समूह ०.९९ प्रतिशतले र जीवन बीमा समूह २.०९ प्रतिशतले घटेको छ ।

साथै उत्पादन ०.९६ प्रतिशतले, लघुवित्त २.०१ प्रतिशतले, निर्जीवन बीमा १.८८ प्रतिशतले र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा २८८.८१ अङ्कले घटेर १३ हजार ४८६.०३ विन्दुमा आएको छ ।

आज प्रि ओपन सेसनमा ४ अङ्कले बढेर सूरु भएको बजार निरन्तर केही माथि जान खोजेको भए पनि १२ः४८ सम्म निरन्तर ओरालो लागेको थियो । त्यसपछि भने बजार केही माथि गयो तर बजार बन्द हुँदासम्म भने बजार ३६ अङ्कले घट्यो ।

आज ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहीबार बजार घट्दा १ लाख ४६ हजार २०४ पटक शेयर किनबेच भएको छ । बजार घट्दा २ वटा हाइड्रो कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्रि स्टार हाइड्रपावर कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी टनओभर गुडविल फाइनान्स कम्पनीको भएको छ भने बढी टनओभर अपी हाइड्रोको भएको छ । बढी कारोबार हिमालयन रि कम्पनीको भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार