श्रावण ७, २०८२ बुधबार July 23, 2025

एकीकृत समाजवादीमा नेताको व्यवस्थापन, तीन जनालाई वरिष्ठ नेतामा मनोनित

वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेतालाई माधव नेपालले वरिष्ठ नेतामा व्यवस्थापन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । बाँकी पदाधिकारी र ८४ सदस्यीय पोलिटव्यूरो सदस्य चयनका लागि एकीकृत समाजवादीले निर्वाचन नै गर्नुपरेको थियो ।

वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेतालाई माधव नेपालले वरिष्ठ नेतामा व्यवस्थापन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया