काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया