श्रावण ७, २०८२ बुधबार July 23, 2025

समुदाय र सरकार मिलेर काम गर्नुपर्छ : महामन्त्री थापा

सामाजिक सञ्जाल र सूचनाहरुमा समय बिताउने भन्दा पुस्तकालयमा समय बिताउने कार्यलाई बढी जोड दिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७ औँ पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नुपर्छ भने ।

“पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन, यहाँको अग्रजहरुले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु, अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ ।

सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ ।” उनले भने। उनले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै यसका लागि पुस्तकालय महत्वपूर्ण हुने बताए। उनले भने ,“पुस्तकालय समुदायको एउटा अंग हो, यसले अरुलाई पनि प्रेरित गर्छ । सामाजिक सञ्जाल र सूचनाहरुमा समय बिताउने भन्दा पुस्तकालयमा समय बिताउने कार्यलाई बढी जोड दिनुपर्छ ।”

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन गोदावरी नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि सामुदायिक पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। पुस्तकालयमार्फत साहित्यिक क्षेत्रमा, सामामुदायिक क्षेत्रमा गौरवपूर्ण काम गरेको जनाउँदै उनले रोजगार र तालिमका क्षेत्रमा पुस्तकालयमार्फत उल्लेखनीय काम हुने विश्वास व्यक्त गरे।

स्रोत केन्द्रका अध्यक्ष वरिष्ठकुमार अधिकारीले पुस्तकालयले मानिसको व्यक्तित्व विकासमा योगदान पु¥याउने जनाउँदै पुस्तकालय सिंगो गाउँको सम्पत्ति भएको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार