काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ९५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया