श्रावण ७, २०८२ बुधबार July 23, 2025

कांग्रेस बैठक : महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित

आगामी चुनावमा गठबन्धन नगरी पार्टी एक्लैले जित्न सक्ने गरी संगठन विस्तार गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाले गत फागुनकाे महासमिति बैठकमा प्रस्तुत गरेको संगठनसम्बन्धी दस्तावेजमा रहेको ‘प्रि-इलेक्सन गठबन्धन’ सम्बन्धी प्रस्तावबारेकाे छलफलपछि बैठकले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी एक्लैले जित्न सक्ने गरी पार्टीको संगठन विस्तार गर्ने निर्णय लिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशसरण महतले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय गरेको बताए ।

उनका अनुसार बैठकले महासमितिमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ ।

‘बैठक लामो समयसम्म चल्यो । हामीले पटक-पटक बैठक बसेर छलफल गर्‍यौँ,’ उनले भने, ‘आजको बैठकबाट गत फागुनमा भएको महासमिति बैठकमा पेस भएका दस्तावेजहरू केही संशोधनसहित पारित गरिएको छ । कतिपय विषय आगामी दिनमा छलफल गरेर अघि बढ्ने निष्कर्षसहित पारित गरेका छौँ ।’

प्रवक्ता महतले महामन्त्री थापाको प्रस्तावका सन्दर्भमा पार्टी संगठनलाई चुस्तरुपमा अघि बढाउने, गाउँ-गाउँमा संगठन मजबुद बनाउने, सक्रिय सदस्यता नवीकरण र वितरण गर्ने निर्णय भएको छ ।

महामन्त्री थापाको प्रतिवेदनबमोजिम समयमै महाधिवेशन गर्ने विषयमासमेत सबै क्रियाशील भएर लाग्ने निर्णय भएको उनले बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको ‘एक्जिट पोलेसी’सम्बन्धी प्रस्तावमा भने बैठकले कुनै निर्णय नलिएको प्रवक्ता महतले बताए । उनका अनुसार कांग्रेसमा त्यसबारे छलफल भएपनि अहिले नै निर्णय गर्नुपर्ने आवश्यकता देखिएन ।

‘महामन्त्री शर्माको एक्जिट पोलेसीका सन्दर्भमा बैठकमा छलफल भयो । तर अहिले नै निर्णय गर्नुपर्ने आवश्यकता पार्टीले ठानेको छैन । पार्टीको विधान मात्रैले यो विषयमा टुंगोमा नपुग्ने भएकाले संविधान संशोधनका क्रममा कसरी जान सकिन्छ भनेर छलफल गर्ने भन्ने निर्णय भएको छ,’ उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार