श्रावण ७, २०८२ बुधबार July 23, 2025

बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्षे अवधिको गम्भीर समीक्षा गर्ने बेला भयोः उपेन्द्र यादव

मुलुकमा गरिबी र बेरोजगारी समस्याले जनताको अवस्था नाजुक बन्दै गएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २०४६ सालको बहुदलीय व्यवस्था स्थापनापछिको ३५ वर्षको अवधिमा भएका गतिविधिको गम्भीर ढंगले समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।

वीरगञ्जमा आज आयोजित ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण’ अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले भने, “२०४६ सालदेखि २०८१ सालसम्म भए/गरेका कामको गम्भीरतापूर्वक पुनःमूल्यांकन र समीक्षा गर्नुपर्ने बेला भएको छ।”

अध्यक्ष यादवले बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्षे अवधिमा पनि जनताले अपेक्षाकृत ढंगले विकास र अन्य कुराको अनुभव गर्न नपाएको बताए। “यस विषयमा समीक्षा गर्न जरुरी भइसकेको छ,” उनले भने, “मुलुकमा गणतन्त्र स्थापना भएको पनि करिब १६ वर्ष भइसक्यो तर जनताको आवश्यकता र चाहनामा अपेक्षाकृत सुधार हुन नसक्नु गम्भीर विषय हो।”

अध्यक्ष यादवले मुलुकमा गरिबी र बेरोजगारी समस्याले जनताको अवस्था नाजुक बन्दै गएको बताए। “अहिले मुलुकमा बेरोजगारी र गरिबी मुख्य चुनौतीका रुपमा देखापरेको छ,” उनले भने, “अर्कोतर्फ मुलुकमा कृषक र मजदुरको अवस्था पनि झन् कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा मधेसी जनताको संरक्षण र प्रवद्र्धन गर्ने पार्टीको रुपमा क्षेत्रीय पार्टी अग्रसर हुन जरुरी छ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार