श्रावण ७, २०८२ बुधबार July 23, 2025

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकले गरेका ११ निर्णयहरु (पूर्णपाठ)

महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनैतिक प्रस्ताव परिमार्जितसहित सर्वसम्मत पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले विभिन्न ११ निर्णय गरेको छ । आइतबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ११ निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति–प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत “सांगठनिक प्रस्ताव” र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनैतिक प्रस्ताव परिमार्जितसहित सर्वसम्मत पारित गरिएको छ ।

यस्तै कांग्रेस र नेकपा (एमाले) बिच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका बारेमा फैलाएका भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्दत संविधान विरोधी प्रवृत्तिबाट सचेत रहन कांग्रेसले आग्रह गरेको छ ।  कांग्रेसले विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ ।
यस्तै कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यवहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गर्ने कांग्रेसले निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार